१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको घोषणा : २०८१ सालमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याइने


प्रधानमन्त्री ओली मेलम्ची कार्यक्रममा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०८१ सालको नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौं उपत्यकामा ल्याइने घोषणा गरेका छन् । विसं २०८१ को शुरुमै याङ्री र लार्केको पानी पनि काठमाडौँ ल्याउने गरी काम गर्न उनले खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिए ।

काठमाडौंको भृकुटीमण्डपमा मेलम्चीको खानेपानीको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अव ३ वर्षभित्र २०८१ सालको नयाँ वर्षमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा याङ्ग्री र लार्केबाट पानी थपेर काठमाडौं ल्याइने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अब मेलम्चीको सुरुङमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्ने तर्क राखे । मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै सोअनुरुप काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

दुई नदीको पानी पहरा फोरेर अहिलेकै सुरुङमा मिसाएर राजधानी ल्याउने योजना छ । यी दुई नदीको पानी पनि काठमाडौँ आएपछि दैनिक ५१ करोड लिटर पानी राजधानीमा वितरण गरिने छ ।

यो पनि पढ्नुहोस्

ओली भन्छन्, ‘कोहि प्रधानमन्त्री हुन पाएन् भने प्रतिगमन हुन्छ ?’

राष्ट्रपति भण्डारीले ढुंगेधारामा पानी खसालेर गरिन् मेलम्ची खानेपानीको औपचारिक उद्घाटन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !