७ बैशाख २०८१, शुक्रबार

ओली भन्छन्, ‘कोहि प्रधानमन्त्री हुन पाएन् भने प्रतिगमन हुन्छ ?’


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोहि प्रधानमन्त्री हुन पाएन् भने प्रतिगमन हुन्छ ? भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गर्दै व्यंग गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा मेलम्चीको खानेपानीको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले के प्रतिगमन भनेको ख्याल-ठट्टा हो भनेर प्रचण्डलाई प्रश्न गरेका हुन् ।

सरकारको ध्यान देश र जनताप्रति गएको उल्लेख गदै उनले विकास निर्माणका लागि लगानी एवं प्रविधि भित्र्याउने प्रतिबद्धता जनाए । साथै उनले प्रचण्डको व्यक्तिगत महत्वाकांक्षा र असन्तुष्टिले देश संकटमा परेको समेत आरोप लगाएका छन् ।

“कोही शासनमा पुगे क्रान्ति, नत्र प्रतिगमन, संविधान च्यातियो, सङ्घीयता सकियो जस्ता अभिव्यक्ति व्यक्तिगत आकाङ्क्षा पूरा नहुँदा आएका हुन्, यसको पछि सरकार लाग्दैन, विकासका काम अघि बढ्छ”-प्रधानमन्त्री ओलीले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !