राष्ट्रपति भण्डारीले ढुंगेधारामा पानी खसालेर गरिन् मेलम्ची खानेपानीको औपचारिक उद्घाटन Nepalpatra राष्ट्रपति भण्डारीले ढुंगेधारामा पानी खसालेर गरिन् मेलम्ची खानेपानीको औपचारिक उद्घाटन

१८ श्रावण २०७८, सोमबार

राष्ट्रपति भण्डारीले ढुंगेधारामा पानी खसालेर गरिन् मेलम्ची खानेपानीको औपचारिक उद्घाटन


राष्ट्रपति भण्डारीले ढुंगेधारामा पानी खसालेर गरिन् मेलम्ची खानेपानीको औपचारिक उद्घाटन

काठमाडौं । मेलम्ची खानेपानीको काठमाडौंमा आज औपचारिक उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको उद्घाटन गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् । गत आइतबार काठमाडौंमा भित्रिएको मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज गरिएको हो ।

आजदेखि सर्वसाधारणले भृकुटीमण्डपमा रहेको सार्वजनिक ढुंगेधाराबाट पानी खान पाउनेछन् । काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् ।

हालसम्म काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण भएको छ । यसैबीच काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरू गरेको छ ।

हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ । १ महिनासम्म पुरानो पाईपमा पानी पठाएपछि बैशाख १५ पछि नयाँ पाइपलाइनमा पानी पठाउने तयारी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !