२२ बैशाख २०८१, शनिबार

ओलीले कारबाही गरेपछि घनश्याम भुसालले लेखे यस्तो भावुक स्टाट्स


घनश्याम भुसाल

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेबाट निलम्वन गरिएका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गरेपछि भावुक स्टाट्स लेखेका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको बताएका छन् । उनले ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन भएको समेत बताएका छन् ।

उनले एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको आरोप लगाउदै उनका लागि संसारमा या त चाकर छन् या शत्रु भनेर टिप्पणी गरेका छन् ।

उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ भनेर ओलीलाई चुनौति समेत दिएका छन् । तर उनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय भएको चिन्ता समेत प्रकट गरेका छन् ।

उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ भन्दै मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु भनेका छन् ।

यो पनि पढ्नुहोस्

यस्ता छन् ओलीद्वारा भुसाल र पाण्डेलाई निलम्बन गरिएका छुट्टाछुटै पत्रहरु

अन्तत: ओलीले गरे भुसाल र पाण्डेमाथि कारबाही : पार्टीबाट ६ महिना निलम्बन

ओलीलाई घनश्यामको ११ पन्ने स्पष्टीकरण : कसका लागि पार्टी फटाउँदै हुनुहुन्छ ? (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !