१३ बैशाख २०८१, बिहिबार

अन्तत: ओलीले गरे भुसाल र पाण्डेमाथि कारबाही : पार्टीबाट ६ महिना निलम्बन


केपी ओली, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारबाही गर्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टीबाट निलम्वन गरेको हो । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

नेता भुसाल र पाण्डेले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन् । एमालेको केन्द्रीय समितिले गत चैत ८ गते ४ जना नेतामाथि स्पष्टीकरण सोधेको थियो ।

पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरेका थिए ।

यो पनि पढ्नुहोस्

ओलीलाई सुरेन्द्र पाण्डेको ९ पन्ने स्पष्टीकरण : ‘तपाई कंगारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ’ (पूर्णपाठ)

ओलीलाई घनश्यामको ११ पन्ने स्पष्टीकरण : कसका लागि पार्टी फटाउँदै हुनुहुन्छ ? (पूर्णपाठ)

ओलीलाई नेपालको स्पष्टीकरण : १३ बुँदे प्रश्नसहित मागे प्रतिस्पष्टीकरण (पूर्णपाठ)

ओलीलाई रावलको स्पष्टीकरण : तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन ? ​(पूर्णपाठ)

अन्तत: ओलीले गरे नेपाल र रावलमाथि कारबाही : पार्टी सदस्यबाट ६ महिना निलम्बन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !