२२ बैशाख २०८१, शनिबार

ओलीलाई हटाएर केन्द्रमा पनि एमालेको नयाँ कमिटी बनाउने खनाल-नेपाल समूहको तयारी


केपी ओली, झलनाथ खनाल र माधव नेपाल

कास्की । सत्तारुढ दल नेकपा एमालेबाट निलम्वन गरिएका नेता माधव नेपालले अब चाँडै केन्द्रमा पनि केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर नयाँ कमिटी गठन गरिने घोषणा गरेका छन् । आज बिहीबार बिहान पोखरामा कास्की जिल्लामा आफू पक्षीय कमिटीको घोषणा गर्दै नेपालले अब चाँडै केन्द्रको पनि घोषणा गर्ने बताएका हुन् ।

नेता नेपालले धेरै युवाको साथ आफूलाई आइसकेको भन्दै खुट्टा कमाएर नभाग्ने र केपी ओलीको कारबाहीबाट नडराउने समेत बताए । एमालेले माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीको सदस्यबाट निलम्बन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !