१४ बैशाख २०८१, शुक्रबार

माधव नेपाल र भीम रावललाई कारवाही गरेपछि रामकुमारी झाँक्रीले दिइन् कडा प्रतिक्रिया


रामकुमारी झाँक्री

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टका नेता माधवकुमार नेपाल र भीम रावललाई कारवाही गरेपछि नेत्री रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकि छन्। उनले एक स्टाटस लेख्दै कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही रहेको आरोप लगाएकी छन्।

नेत्री झाँक्रीले लेखेकी छन्, “कमजोरहरूको अन्तिम अस्त्र हो – जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।”

ओलीले सोमबार नेपाल र रावललाई ६ महिनासम्मको लागि पार्टीको सदस्यवाट निलम्वित गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु