१४ बैशाख २०८१, शुक्रबार

३ नम्बर प्रदेशमा केशव स्थापित मन्त्री बन्ने पक्का


keshav pradesh3

२९ माघ, हेटौंडा । ३ नम्बर प्रदेशको सरकारमा एमाले प्रदेशसभा सांसद केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको छ ।

माओवादी केन्द्रले मन्त्रीको नाम नदिएका कारण मन्त्रीहरुको सपथ तय हुन सकेको छैन । माओवादी केन्द्रले संसदीय दलका नेता शालिकराम जम्मरकट्टेललाई मन्त्री बनाउने तयारी गरेको छ । तर, मन्त्रालयमा सहमति हुन नसक्दा नाम दिएको छैन ।

जम्मरकट्टेलले भने पार्टी एकताबारे ठोस सहमति नभएकाले मन्त्रीको नाम नदिएको बताए । तर, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आफ्नो दाबी रहेको उनले स्वीकार गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !