काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै पार्टीका अर्का अध्यक्ष महन्त ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई तुलसी गिरी हुने हो कि बिपी कोइराला हुने हो ? भनेर प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा आज बिहानै एक स्टाटस लेख्दै डा. भट्टराईले प्रतिगमनको खतरा नटरेको बताउदै प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्ने हो भनेर उक्त पार्टीका अरु दुई नेताहरुलाई चेतावनी दिएका छन् ।
साथै उनले संविधान र लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुई वटा विकल्पहरु अगाडि भएकोमा पहिलो बाटो तुलसी गिरी वा केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी कोइराला वा पुष्पलाल श्रेष्ठको भएकोले वुद्धि र विवेकको प्रयोग गरेर आफै रोजौं भनेका छन् ।
ओली र ठाकुरवीच हुन लागेको नयाँ सत्ता साझेदारीमा भट्टराई धेरै पहिलादेखि नै बाधक बन्दै आएका छन् । उनले यो क्षणिक सत्ता स्वार्थ निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस् भनेर आफ्नै पार्टी जसपाका सभापति महन्त ठाकुर र राजेन्द्र महतोका साथै प्रधानमन्त्री ओलीलाई समेत हिजो सचेत गराएका थिए ।
प्रधानमन्त्री ओली र जसपा नेपालका अध्यक्ष ठाकुरवीच भावी नयाँ सत्ता समीकरणको लागि सहमति नजिक पुग्नै लागेको संकेत पाइएको छ । सर्वोच्च अदालतले नेकपा बदर गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतियाइ दिएपछि नयाँ सत्ता समीकरणमा जसपालाई आकस्मिक रुपमा चिट्ठा पर्ने सम्भावना बढेको छ ।
जसपाका माग पूरा गर्न प्रधानमन्त्री ओलीले थप लचकता देखाएर १० वटा मन्त्रालय र उपसभामुख दिन तयार भएसंगै जसपा सरकारमा जाने सम्भावना बढेको बेला जसपाका नेपालका संघीय परिषद् अध्यक्ष डा. भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
जसपा अहिले सत्ता समिकरणमा निर्णायक शक्ति केन्द्र बनेको छ । जसपाभित्र पनि महन्त ठाकुर र राजेन्द्र महतो तथा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव गरी दुई धार देखिएको छ । पहिलो धारले प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा लविङ गरेको छ भने दोस्रो धार प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट विस्थापित गर्नुपर्ने पक्षमा छ ।
सत्ता समीकरणको विषयलाई लिएर जसपामा नै यी दुई धारवीच केहि समय अघिदेखि नै शीतयुद्ध चल्दै आएको छ । सत्ता समीकरणको विषयलाई लिएर जसपा नै विभाजन पो हुने हो की भनेर आशंका बढेको छ ।
प्रतिगमनको खतरा टरेको छैन!प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान/लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्!पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी/पुष्पलालको हो!वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं!
— Baburam Bhattarai (@brb1954) March 27, 2021
यो पनि पढ्नुहोस्
ओली-ठाकुरवीचको हुन लागेको नयाँ सत्ता साझेदारीमा बाधक बन्दै भट्टराई
जसपाको मागमा प्रधानमन्त्री थप लचक : १० वटा मन्त्रालय र उपसभामुख दिन तयार
रोकिएन बाबुरामको रोइलो : भन्छन्, ‘ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको अधर्म’
जसपालाई प्रधानमन्त्रीको यतिठूलो अफर : ८ वटा महत्वपूर्ण मन्त्रालय दिन तयार
ओली र ठाकुरवीच बढ्यो माया-पिरती : जसपा सरकारमा जाने सम्भावना तीव्र
ओली-ठाकुरवीच बढेको माया-पिरती र देउवाको अभिव्यक्तिले बाबुरामलाई छट्पटी