२२ बैशाख २०८१, शनिबार

फेरि रोकिएन बाबुरामको रुवाबासी : ओलीलाई गरे यतिसम्मको गाली


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुन: भष्मासुरको संज्ञा दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन भनेर प्रधानमन्त्री ओलीलाई हटाउन नयाँ रणनीति चाहिएको बताएका छन् ।

उनले भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले) वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले) छल गरेर वध गरेका थिए भनेर ओलीप्रति संकेत गर्दै जसपाका ठाकुर लगायतका नेताहरु ओलीसँग सत्ता समीकरण गर्न साझेदारी गरेमा जसपाको लागि त्यो प्रतिकूल हुने बताएका हुन् ।

उनले अहिले कलियुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो भनेर ओलीको कदममा रुवाबासी गर्दै जसपाका महन्त ठाकुर र राजेन्द्र महतोलाई यसतर्फ संचेत गराउन खोजेका हुन् ।

यो बीचमा प्रधानमन्त्री ओलीलाई हटाएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबीच सहकार्य गर्नेबारे पनि छलफल भएका छन् । जसपा अहिले सत्ता समिकरणमा निर्णायक शक्ति केन्द्र बनेको छ । जसपाभित्र पनि महन्त ठाकुर र राजेन्द्र महतो तथा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव गरी दुई धार देखिएको छ ।

पहिलो धारले प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा लविङ गरेको छ भने दोस्रो धार प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट विस्थापित गर्नुपर्ने पक्षमा छ । जसपाभित्रको आन्तरिक किचलो र विवादका कारण पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक समेत प्रभावित बनेको छ ।

तर, जसपामा यतिवेला सांसदहरुको अंकगणित हेर्दा ठाकुर-महतोको नै पल्ला भारी भएर उनीहरु प्रधानमन्त्री ओलीसँग नै बढि छलफल र परामर्शमा छन् । जसपानिकट उच्च स्रोतले जनाए अनुसार प्रधानमन्त्री ओली उनीहरुले उठाएका सबै माग पूरा गर्नेगरी अघि बढेका छन् ।

उनले लेखेका छन्, ‘मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन ! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले) वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले) छल गरेर वध गरेकाथिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो ! नयॅा रणनीति चाहियो !’

यो पनि पढ्नुहोस्

रोकिएन बाबुरामको रुवाबासी : ओलीलाई दिए नेपाली हिट्लरको उपनाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !