२२ बैशाख २०८१, शनिबार

रोकिएन बाबुरामको रोइलो : भन्छन्, ‘ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको अधर्म’


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहिबार बिहान लेख्दै उनले अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन: नयाँ प्रपंच गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ भएको टिप्पणी गरेका हुन् ।

उनले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहनु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो । अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन: नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !