काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरवीच भावी नयाँ सत्ता समीकरणको लागि सहमति नजिक पुग्नै लागेको संकेत पाइएको छ । सर्वोच्च अदालतले नेकपा बदर गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतियाइ दिएपछि नयाँ सत्ता समीकरणमा जसपालाई आकस्मिक रुपमा चिट्ठा पर्ने सम्भावना बढेको छ ।
जसपाका माग पूरा गर्न प्रधानमन्त्री ओलीले थप लचकता देखाएर १० वटा मन्त्रालय र उपसभामुख दिन तयार भएसंगै जसपा सरकारमा जाने सम्भावना बढेको जसपा विशेष स्रोतले जानकारी दिएको छ ।
भावी सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका थिए । सो दिनको भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीसँगको भेटमा कार्यदलका सबै सदस्य उपस्थित थिए । कार्यदलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराइ छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् । कुराकानीमा प्रधानमन्त्री, जसपा अध्यक्ष महन्थ ठाकुर र महतो सहभागी थिए ।
प्रधानमन्त्रीसँग सहकार्य गर्न नचाहने जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन् । यद्यपि भट्टराई र यादवलाई छलफलबारे जानकारी गराइएको महतोले बताएका थिए । प्रधानमन्त्रीले जसपाका नेताहरुलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
जसपा नेताले भने माग पूरा भएपछि मात्रै सरकारमा सहभागी हुने विषयमा छलफल गर्ने बताएका थिए । बालुवाटार विशेष स्रोतका अनुसार प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच सोमबार साँझ पनि गोप्य छलफल भएको बुझिएको छ । सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको छ ।
जसपा अहिले सत्ता समिकरणमा निर्णायक शक्ति केन्द्र बनेको छ । जसपाभित्र पनि महन्त ठाकुर र राजेन्द्र महतो तथा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव गरी दुई धार देखिएको छ । पहिलो धारले प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा लविङ गरेको छ भने दोस्रो धार प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट विस्थापित गर्नुपर्ने पक्षमा छ ।
सत्ता समीकरणको विषयलाई लिएर जसपामा नै यी दुई धारवीच केहि समय अघिदेखि नै शीतयुद्ध चल्दै आएको छ । जसपामा अहिले ठाकुर अहिले बहुमतमा देखिएका छन् । गत वर्ष तत्कालीन समाजवादी पार्टी फुटाउन खोजेका विमल श्रीवास्ताब, प्रदीप यादव, इस्तिायक राई लगायतका नेताहरू पनि एमालेसँग मिलेर सरकारमा जानुपर्ने लाइनमा उभिएका छन् ।
जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीको रिहाइका लागि वातावरण बनाउनुपर्ने, मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्ने, घाइतेहरूको उपचार गर्नुपर्ने तथा संविधान संशोधनको माग राख्दै आएको छ ।
नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका हुन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ ।
जसपा स्रोतका अनुसार पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिकिएका छन् । एक डेढ महिनायता उनीहरुबीच पटकपटक भेटघाट र कुराकानी भएको स्रोतले बताएको छ । ओली र ठाकुरवीच चाडैं सहमति हुनसक्ने भएपछि जसपा सरकारमा जाने जाने सम्भावना बढेको छ ।
जसपाले अघि सारेका माग प्याकेजमै सहमति गर्ने मुडमा प्रधानमन्त्री ओली पुगेको बुझिएको छ । स्रोतका अनुसार यसअघि सत्तारूढ नेकपा (एमाले) र जसपा नेपालका नेताहरुबीच भएका पटक-पटकका छलफलको निष्कर्ष अनुसार नै प्रधानमन्त्री ओली जसपाका माग पूरा गर्नेगरी अघि बढेका छन् । सत्ता संकटमा परेपछि प्रधानमन्त्री ओलीले सत्ता सहकार्यको लागि जसपाका नेताहरुसँगको छलफललाई अघि बढाएका थिए ।
सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको नामको आधिकारिकताको विवाद टुँगो लगाएर ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पनि ब्युँतिएका हुन् । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन अझैसम्म पनि फिर्ता लिएको छैन् ।
प्रधानमन्त्री ओलीले आफू अहिलेपनि बहुमतमा रहेकोले विश्वासको मत लिन तत्काल जरुरी नभएको बताउँदै आएका छन् । उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफूले संसद्बाट विश्वासको मत लिने पनि प्रधानमन्त्री ओलीको भनाई बाहिर आईसकेको छ ।
तर, जसपामा यतिवेला सांसदहरुको अंकगणित हेर्दा ठाकुर-महतोको नै पल्ला भारी भएर उनीहरु प्रधानमन्त्री ओलीसँग नै बढि छलफल र परामर्शमा छन् । जसपानिकट उच्च स्रोतले जनाए अनुसार प्रधानमन्त्री ओली उनीहरुले उठाएका सबै माग पूरा गर्नेगरी अघि बढेका छन् ।
जसपा नेपालले रेशम चौधरीको रिहाई, मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक र बन्दीहरुको रिहाईको माग राखेको छ । यी चारवटै माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । स्रोतले दिएको जानकारी अनुसार जसपाका माग पूरा गर्न सरकार सकारात्मक रहेको र यही चाडैं नै सहमति हुने सम्भावना बढेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्त्वको सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहिबार बिहान लेख्दै उनले अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन: नयाँ प्रपंच गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ भएको टिप्पणी गरेका हुन् । उनले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहनु पर्ने बताएका छन् ।
ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी आफ्नो एकल निर्णयमा कार्यदल गठन गरेका थिए । कार्यदल सहमति नजिक पुगेको स्रोतको भनाइ छ । सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले संवाद तीव्र बढाएपछि बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरू भने असन्तुष्ट बनेका छन् । सत्ता समीकरणको विषयलाई लिएर जसपा नै विभाजन पो हुने हो की भनेर आशंका बढेको छ ।
यो पनि पढ्नुहोस्
रोकिएन बाबुरामको रोइलो : भन्छन्, ‘ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको अधर्म’
जसपालाई प्रधानमन्त्रीको यतिठूलो अफर : ८ वटा महत्वपूर्ण मन्त्रालय दिन तयार
ओली र ठाकुरवीच बढ्यो माया-पिरती : जसपा सरकारमा जाने सम्भावना तीव्र
ओली-ठाकुरवीच बढेको माया-पिरती र देउवाको अभिव्यक्तिले बाबुरामलाई छट्पटी