१ मंसिर २०८१, शनिबार

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । सो समूहका एक नेताका अनुसार बैठक भोलि शुक्रबार बिहान ११ बजेका लागि तय भएको बताएका छन् ।

भोलि हुने बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा रणनीतिवारे छलफल हुने बताइएको छ । अप्ठ्यारो अवस्थामा रहेको पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै भोलिको बैठकको मुख्य छलफलको एजेण्डा रहेको ती नेताले बताए ।

सत्तारुढ दल नेकपा एमालेको खनाल-नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ सम्भवत: चाडैं दिँने तयारी गरेको छ । सत्तारुढ दल एमालेले माधव नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण सोधेको थियो ।

एमालेले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो । केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र साेमबार नेताहरुलाई पठाइएको थियो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको नेकपा एमालेको गत शनिबार बालुवाटारमा बसेको बैठकले एमालेका ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा अनुपस्थित भएको थियो ।

खनाल-नेपाल समूहका एक नेताका अनुसार स्पष्टीकरणको जवाफसहित ओलीलाई समेत प्रतिस्पष्टीकरण सोधेर जवाफ दिने तयारी भइरहेको छ । स्पष्टीकरणको जवाफ तयार गरिरहेको उनले बताए ।

यो पनि पढ्नुहोस्

अन्तत: झुक्यो खनाल-नेपाल समूह : चार नेताले जवाफ पठाउने

खनाल-नेपाल समूहको तयारी : स्पष्टीकरणको जवाफसहित ओलीलाई नै प्रतिस्पष्टीकरण सोध्ने

कुर्सी जोगाउन ओलीले यतिठुलो रणनीति बनाएको भीम रावलको खुलासा

ओलीलाई माधव नेपालले यतिसम्म भन्न भ्याए, अब के गर्लान् ओली ?

ओलीलाई खनाल-नेपाल समूहको टक्कर : ओलीलाई नै प्रतिस्पष्टीकरण सोध्ने तयारी

अन्तत: एमालेले सोध्यो माधव नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण

ओलीले स्पष्टीकरण मागेपछि उल्टै भीम रावलले दिए यस्तो ‘धम्की’

माधव नेपालसहित एमालेका ४ जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !