१३ बैशाख २०८१, बिहिबार

माधव नेपालसहित एमालेका ४ जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको नेकपा एमालेको आज शनिबार बैठकले बालुवाटारमा एमालेका ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो बैठकले पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आज शनिबार पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम समेत सहभागी भएका हुन् । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी भएका हुन् ।

पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिजो शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए ।

*४ जना हुनुपर्नेमा ५ जना भएकोमा गल्ती सुधार गरिएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !