८ बैशाख २०८१, शनिबार

कुर्सी जोगाउन ओलीले यतिठुलो रणनीति बनाएको भीम रावलको खुलासा


भीम रावल फाइल फोटो

काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता र कुर्सी जोगाउनका लागि नेपालको अस्मिता विपरीत साँठगाँठ गरेको आरोप लगाएका छन् । साथै उनले सबै देशभक्त नेपालीहरु ओलीको कदमविरुद्ध सचेत हुनुपर्ने बताएका छन् ।

उनले आज बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्नमा ओली तल्लीन रहेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होअ‍ौं !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !