२३ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थनबारे के गर्ला ?


माओवादी केन्द्र स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी रहेको छ । आज मंगलबार विहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा बैठक जारी रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

नेकपा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन के हुने हो भन्ने चासोका वीच माओवादीले बोलेको बैठकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ । सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा अन्योलका वीच माओवादी केन्द्रको स्थायी समिति बैठक जारी रहेको छ ।

विकसित पछिल्लो राजनीतिक परिस्थिति, घटनाक्रम, पार्टीका आगामी कार्ययोजना लगायतका विषयमा छलफल हुने बैठकका एजेण्डा रहेको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ ।

आजको बैठकमा माओवादीबाट चुनाव जित्दै मन्त्री बनेर अहिले एमालेमा प्रवेश गरेका सांसदलाई स्पष्टीकरण सोधिएपछि बाँकी प्रक्रिया के कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ । स्पष्टीकरण सोधिएपनि उनीहरुले अहिलेसम्म जवाफ दिएका छैनन् । आज जारी बैठकले एमालेमा गएका नेताहरुलाई कारवाही गर्ने विषयमा छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !