१० जेष्ठ २०८१, बिहिबार

मुमाराम खनालले प्रधानमन्त्री ओलीलाई गरे यतिठुलो कटाक्ष


मुमाराम खनाल

काठमाडौँ । राजनीतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीखो कटाक्ष गरेका छन् । आज बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले नेपालका वामपन्थीले ‘प्रधानमन्त्री’ पदको भाउ धेरै नै गिराएको आरोप लगाएका छन् ।

उनले ‘प्रधानमन्त्री’ पदले घरभित्रै आएर मलाई अंगाल भन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले समेत ‘प्रधानमन्त्री’ पदको वास्ता गर्न छोडेको प्रसंग कोट्याएका छन् ।

उनले लेखेका छन्, ”प्रधानमन्त्री’ पदले घरभित्रै आएर मलाई अंगाल भन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले समेत ‘प्रधानमन्त्री’ पदको वास्ता गर्न छोडे । नेपालका वामपन्थीले ‘प्रधानमन्त्री’ पदको भाउ कति गिराएछ्न भन्ने कुराको मानक घटना हो यो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !