१२ जेष्ठ २०८१, शनिबार

सेनाद्वारा पूर्वप्रधान सेनापतिसँग छलफल


purvasenapati

२५ माघ, काठमाण्डौ । प्रधान सेनापति राजेन्द्र क्षत्रीले पूर्वप्रधान सेनापति र अवकाश प्राप्त रथीहरुसँग बिहीबार अन्तक्रिर्या गरेका छन् । जंगी अड्डा, भद्रकालीमा भएको भेटमा नेपाली सेना सम्बन्धी विभिन्न गतिविधि र राष्ट्रिय सुरक्षाका विषयमा छलफल गरेको नेपाली सेनाले जनाएको छ । सेनाले यसलाई नियमित भेटघाट भनेको छ ।

छलफलमा प्रधान सेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भइरहेका कामबारे जानकारी गराएका थिए । त्यस्तै सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाका गतिविधिबारे पनि जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !