२० बैशाख २०८१, बिहिबार

ओलीलाई टक्कर दिन खनाल-नेपाल समूहको महिला संघको राष्ट्रिय भेला हुँदै


ओली, खनाल र नेपाल

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन खनाल-नेपाल समूहले आज आफ्नो अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आज बिहान ११ बजेदेखि कालीमाटी ब्यांक्वेटमा गर्ने भएको छ ।

प्रमुख आतिथिका रुपमा वरिष्ठ झलनाथ खनाल र नेता माधव नेपाललाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै साे समूहले समानान्तर कमिटी समेत गठन गरिसकेर यसअघि नै ओलीलाई कडा चुनौती दिई सकेको छ ।

हिजो बिहीबार सकिएको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेकाे छ । सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्ववत् रूपमा फर्किएपछि पार्टीभित्र विवाद चरम अवस्थामा पुगेको छ ।

ओलीले फागुन २८ गते पार्टी केन्द्रीय कमिटीको विशेष बैठक भन्दै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्ति गरेपछि खनाल-नेपाल समूहले चर्को विरोध गर्दै आएको छ ।

ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको भोलिपल्ट खनाल-नेपाल समूहले आफ्नो अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरी समानान्तर भेला गर्नुलाई विशेष चासोका साथ् हेरिएको छ । उक्त समूहले समानान्तर छलफल तीव्र पार्दै दह्रो भावी रणनीतिका साथ अघि बढिरहेको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !