२२ बैशाख २०८१, शनिबार

जोशीका बारेमा भ्रामक समाचार लेखेपछि काँग्रेस प्रवक्ता शर्माले जनाए यस्तो कडा आपत्ति

हल्लाका आधारमा अनेक नलेखौं : प्रवक्ता शर्मा


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको मृत्यु भएको भ्रामक समाचार सम्प्रेषण गरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा आपत्ति जनाएका छन् । शर्माले आफ्नो आधिकारिक फेसबुक पेजबाट एक स्टाटस पोष्ट गर्दै हल्लाका आधारमा अनेक नलेख्न चेतावनी दिएका छन् ।

शर्माले अत्यन्तै चिन्ताजनक स्थितिमा मृत्युसंग जुधिरहनु भएको बेला भगवानसंग प्रार्थना गरेर सकारात्मक आशा राख्न भन्दै मृत्युलाई परास्त गर्न जोशीलाई सफलता मिलोस् भनेर कामना समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘मृत्युलाई परास्त गर्न आदरणीय नविन्द्र दाईलाई सफलता मिलोस् ! हल्लाका आधारमा अनेक नलेखौं l अत्यन्तै चिन्ताजनक स्थितिमा मृत्युसंग जुधिरहनु भएको बेला भगवानसंग प्रार्थना गरेर सकारात्मक आशा राखौं !’

यो पनि पढ्नुहोस्

मृत्युजस्तो विषयमा भ्रामक समाचार लेखेकोमा नेता जोशीको परिवारले जनायो कडा आपत्ति

केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार लेखेपछि अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था फेरि गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु