१३ बैशाख २०८१, बिहिबार

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था फेरि गम्भीर, भेन्टिलेटरमा राखेर उपचार जारी


नवीन्द्रराज जोशी फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि गम्भीर बनेको छ । मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रेकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको नर्भिक अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालले आज बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्था गम्भीर रहेको बताइएको छ । गत फागुन १४ गते भर्ना भएका जोशीको स्वास्थ्य केही दिनपछि सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको र पुनः विग्रिएपछि भेन्टिलेटरमै राखिएको थियो ।

जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो । केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो । तर पछिल्लो समय उनको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन् ।

डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको उपचार जारी राखेको छ । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !