१२ जेष्ठ २०८१, शनिबार

१ नम्बर प्रदेशको मतगणना ४ बजेदेखि


pradesh 1

२४ माघ, विराटनगर । बुधबार भएको राष्ट्रियसभा निर्वाचन प्रदेश १ को विराटनगरस्थित वीरेन्द्र सभागृहमा सम्पन्न भएको छ ।

निर्वाचन कार्यालयका अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । ९३ जना प्रदेश सांसदमध्ये ९२ जना प्रदेशसभाका सांसदले भोट खसालेका छन् भने एक सय ३७ स्थानीय तहका २ सय ७४ प्रतिनिधि मध्ये २ सय ७२ जनाले मत खसालेका छन् ।

प्रदेशसभामा संघीय लिम्बुवान मञ्चलका सांसद विष्णु तुम्बाहाम्फे मतदानमा सहभागी भएनन् । त्यस्तै स्थानीय तहका संखुवासभाका मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कट्वालको मृत्यु भएको थियो भने ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा मतदानमा सहभागी भइनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !