२० बैशाख २०८१, बिहिबार

खनाल-नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन, कसले के के जिम्मेवारी पाए ?


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । सर्वोच्च अदातलले नेकपा एमाले ब्युतियाइदिएपनि अन्तत: नेकपा एमाले विभाजनको संघारमा पुगेको छ । नेकपाको खनाल-नेपाल पक्षले पनि राष्ट्रिय भेलाका लागि समानान्तर कमिटी गठन गरेको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि माधव नेपाल पक्षले त्यसलाई टक्कर दिंदै समानान्तर कमिटी विस्तार गरेको हो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरू अस्वीकार गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) को खनाल-नेपाल पक्षको केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले राष्ट्रिय कार्यकर्ता भेलाका लागि प्रदेश इन्चार्जहरु तोकेको हो ।

खनाल-नेपाल पक्षले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।

यस्तै रघुजी पन्तलाई युवा, गोकर्ण विष्टलाई विद्यार्थी, योगेश भट्टराईले प्रचार, अष्टलक्ष्मी शाक्यलाई महिला, प्रमेश हमाललाई बुद्धिजीवी विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यद्यपि यो स्थायी इन्चार्जको जिम्मेवारी नभई चैत ४ र ५ गतेको राष्ट्रिय भेलाका लागि मात्र भएको एमालेका एक नेताले बताएका छन् ।

यो पनि पढ्नुहोस्

अन्तत: एमाले विभाजन हुने पक्का, खनाल-नेपाल पक्षले बोलायो राष्ट्रिय भेला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !