१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस नेकपासँग सरकार बनाउन लागेपछि कमल थापाले दिए यस्तो कडा प्रतिक्रिया


कमल थापा फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएर पनि नेकपा कुर्सी/पैसाको झगडाले फुटेर जनतालाई धोका दिएको आरोप लगाएका छन्।

अध्यक्ष थापाले असफल/भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेकलाग्दो रहेको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले कम्युनिष्टसँग मिलेर सरकार बनाउॅन अस्विकार गरी कंग्रेस नयॅा चुनावमा जानुपर्ने बताए।

उनले लेखेका छन्, “गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएका हुन् । नेकपा कुर्सी/पैसाको झगडाले फुट्यो,जनतालाई धोका दियो।त्यही असफल/भ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेकलाग्दो छ । कम्युनिष्टसॅग मिलेर सरकार बनाउॅन अस्विकार गरी कंग्रेस नयॅा चुनावमा जानुपर्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु