९ असार २०८१, आइतबार

नेपाल-खनाल पक्षीय स्थायी कमिटी सदस्यको छलफल जारी, के विषयमा होला छलफल ?


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल पक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी रहेको छ । नयाँ बानेश्वरस्थित एक होटेलमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

नेपाल-खनाल पक्षले फाल्गुन २७ गते बिहिबार स्थायी कमिटी सदस्यहरुको भेला गरेको थियो । ११ बजे बस्ने केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको बैठक बसिरहेको हो ।

नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको हिजो बालुवाटारमा बसेको विशेष बैठकले दशौं महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन निर्देशन दिएको छ ।

भेलामा ओलीको कदमपछि कसरी अघि बढ्ने भन्ने बारेमा समसामयिक विषयमा छलफल छलफल गरी आगामी रणनीति तय गर्न नेताहरुले छलफल थालेका हुन् । नेकपा (एमाले) को खनाल-नेपाल पक्षको हिजो साँझ बसेको बैठकले माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

अध्यक्ष ओलीले खनाल-नेपाल पक्षका नेताहरुलाई भूमिकाविहीन बनाउने र पदाधिकारी खारेज गर्ने निर्णय गरेको थियो । ओलीको निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको यो समूहले केन्द्रीय कमिटी सदस्य र सांसदहरु सहित बसेर थप योजना बनाउने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

एमालेमा समानान्तर कमिटी बनाउने खनाल-नेपाल पक्षको निर्णय

भीम रावलले गर्जिदै भने, ‘ओलीले विधान मिचेर एकलौटी तवरले गरेको निर्णय अस्वीकार्य’

अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सांसदलाई निर्देशन, एमालेमा ७० वर्षे उमेर हद खारेज

नेपाल-खनाल पक्षीय स्थायी कमिटी सदस्य छलफल जारी, के गर्ला निर्णय ?

ओलीको कदमबिरुद्ध प्रतिवाद गर्ने खनाल-नेपाल पक्षको तयारी

एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !