४ जेष्ठ २०८१, शुक्रबार

नेपाल-खनाल पक्षीय स्थायी कमिटी सदस्य छलफल जारी, के गर्ला निर्णय ?


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल पक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी छ । नयाँ बानेश्वरस्थित एक होटेलमा मध्याह्न १२ बजेपछि छलफल भइरहेको एक नेताले जानकारी दिए ।

नेपाल-खनाल पक्षले बुधबार स्थायी कमिटी सदस्यहरुको भेला गरेको थियो । समसामयिक विषयमा छलफल र आगामी रणनीति तय गर्न नेताहरुले छलफल थालेका हुन् ।

नेपाल-खनाल पक्षमा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे र पदेन सदस्य अमृतकुमार बोहोरा छन् । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि एमाले साविककै अवस्थामा फर्किएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !