२६ बैशाख २०८१, बुधबार

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा शर्माको घरमाथि तोडफोड


विप्लव

२३ माघ, काठमाण्डौ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले तोडफोड गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ स्थित महादेव खोला टोलमा रहेको शर्माको घरमा विप्लवका कार्यकर्ताले तोडफोड गरेको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख एवम् प्रहरी निरीक्षक शेरबहादुर चन्दले बताए । ५०–६० जनाको संख्यामा रहेका विप्लवका कार्यकर्ताले गेटमा कालो झण्डा राख्दै घरमा ढुंगामुडा गरेर भागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !