२१ बैशाख २०८१, शुक्रबार

नेत्रविक्रम चन्द विप्लवलाई प्रचण्डले दिए यतिठुलो चुनौती, के गर्लान् विप्लव ?


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विप्लव’ले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गरेका छन् । प्रचण्डले आफूले लिएको शान्तिपूर्ण बाटो र नेत्रविक्रम चन्दले भनेको वैज्ञानिक समाजवादको विषयमा शास्त्रार्थ गर्न आग्रह गरेका हुन् ।

विप्लव समूहका नेता अनिल शर्माले शास्त्रार्थ गर्ने प्रस्ताव राखेपछि प्रचण्डले स्वीकार गर्दै शास्त्रार्थमा आफू हारे पछि लाग्न तयार रहेको बताए । प्रचण्डले भने, ‘शास्त्रार्थ गरौं, जसले जित्छ त्यसलाई सबैले मानौं, म शास्त्रार्थका लागि तयार छु । कति दिन बस्नुपर्ने हो बसौं, इमान्दारिताका साथ बसौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु