२३ बैशाख २०८१, आइतबार

माधव र झलनाथ पक्ष एमालेमा फर्किएपछि सुर्य थापाले अपराधी भन्दै दिए यस्तो कडा चेतावनी


सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपराधीहरूकाे मुहार झलझली सम्झना भइरहेकाे बताएका छन् ।

माधव नेपाल र झलनाथ खनाल पक्ष एमालेमा फर्किएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। थापाले दुई तिहाइकाे जनादेश पाएकाेमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिकाे बल लगाउने यिनकाे अनैतिक हर्कत बिर्सन नमिले बताएका छन् ।

सामाजिक संजालमा थापाले लेखेका छन्, “प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपराधीहरूकाे मुहार झलझली सम्झना भइरहेकाे छ।दुई तिहाइकाे जनादेश पाएकाेमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिकाे बल लगाउने यिनकाे अनैतिक हर्कत बिर्सन मिल्दैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !