२६ बैशाख २०८१, बुधबार

प्रदेश नम्बर १ को प्रदेशसभामुखको निर्वाचन २९ गते


pradesh 1

२२ माघ, विराटनगर । १ नम्बर प्रदेशमा सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख चयनका लागि २९ गते निर्वाचन हुने भएको छ ।

प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री र सभामुख दुबै एमालेको भागमा परेको छ । प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !