१४ बैशाख २०८१, शुक्रबार

हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको धरातलमा समृद्ध नेपाल निर्माणमा सहभागी हुन कमल थापाको आग्रह


कमल थापा फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न सम्पूर्ण राष्ट्रवादी र स्वाभिमानी नेपालीलाई राप्रपा सहभागी हुन आह्वान गरेका छन्।

अध्यक्ष थापाले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै चैत १५ भित्र सक्रिय सदस्य बन्न र राप्रपा महाधिवेशन सफल पार्न आग्रह गरेका छन् । अध्यक्ष थापाले लेखेका छन्, ‘हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य हासिल गर्न सम्पूर्ण राष्ट्रवादी र स्वाभिमानी नेपालीलाई राप्रपा सहभागी हुन आह्वान गर्दछु।चैत १५ भित्र सक्रिय सदस्य बनौं, राप्रपा महाधिवेशन सफल पारौँ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु