२३ बैशाख २०८१, आइतबार

ओलीलाई हटाउन नसक्ने भएपछि दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको महेश बस्नेतको खुलासा


महेश बस्नेत फाइल फोटो

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताउनुभएको छ । भरतपुरमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।” उहाँले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गर्नुभयो ।

“दाहाल–नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उहाँहरुलाई सूर्य चिह्नको माया लागेको छ”, उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।”

कार्यक्रममा युवा सङ्घका इञ्चार्ज बस्नेतले चितवन कमिटीका ५०१ लाई शपथ ग्रहण गराउनुभएको थियो । जिल्लामा सुशील केसीको संयोजकत्वमा युवा सङ्घ गठन गरिएको छ ।
–––


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !