१४ बैशाख २०८१, शुक्रबार

नेकपा प्रचण्ड-नेपाल केन्द्रीय कमिटीको निर्णय : ओलीलाई संसदीय दलको नेता र नेम्वाङलाई उपनेतावाट हटाउने निर्णय


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारबाट हटाउने निर्णय गरेको छ ।

यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो । साथै नेकपा प्रचण्ड-नेपाल समूहले ओली समूहमा नेताहरु महेश बस्नेत, विशाल भट्टराई, गोकुल बाँस्कोटा, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई कारबाही गर्दै पार्टीबाट निलम्बन गरेको एक नेताले जानकारी दिए ।

यस्तै प्रचण्ड-नेपाल समूहको नेकपाको बैठकले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने भएको छ । नेम्बाङलाई ३ दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो ।

त्यस्तै बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिनापूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गर्नुका साथै पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठक दु:ख व्यक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक जारी, के गर्ला त निर्णय ?

आज प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा बस्दै

ओलीलाई हटाउन स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-नेपाल समूहको निर्णय

ओलीलाई झन् कम्फर्टेबल : प्रचण्ड-नेपाल समूहले अविश्वास प्रस्ताव अगाडि नबढाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !