२२ बैशाख २०८१, शनिबार

ओलीले देश बिगारेकै हो, प्रचण्डले पार्टी छाडेर जाँदा हुन्छ : प्रमुख सचेतक भट्टराई


काठमाडौं । नेकपाका प्रमुख सचेतक बिशाल भट्टराईले आफु ओली समूहको प्रमुख सचेतक नभएको दावी गरेका छन्। तत्कालिन प्रमुख सचेतक देवप्रसाद गुरुङ्लाई हटाएर ओलीले भट्टराईले नियुक्ति गरेका थिए।

जनता जान्न चाहन्छ कार्यक्रममा ऋषि धमलासंग कुरा गर्दै भट्टराईले आफु ओली समूहको सचेतक नभई सिंगो नेकपाको रहेको दावी गरेका छन्। भट्टराईलाई ओली समूहका प्रमुख सचेतक भएपछि शब्द चयन गर्दा ध्यान दिएर गर्न आग्रह गर्दै आफु ओलीको नभई पार्टीको प्रमुख सचेतक भएको दावी गरे।

ओलीले देश बिगारेको आरोप छ नि ? भन्दै प्रश्न गरेपछि भट्टराईलेदेश र जनताको हितको लागि काम गर्ने ओलीलाई यस्तो आरोप लगाउने ? देशको हितको लागि काम गर्दा देश बिगारेको हुन्छ भने बिगारेकै हो। ५९ वर्षदेखि भारतीय सैनिक बसेको कालापानी, लिपियाधुरा र लिपुलेकको जमिनवाट भारतीय सैनिकलाई छोड भनेर भनेर बोल्न सक्ने आट गर्दा देश बिगारेको भन्ने ? झुटो आरोप लगाउने ? प्रचण्ड प्रधानमन्त्री हुँदा के काम गर्नुभयो ? हामीले देखेका छौं। ठुला कुरा गर्ने राम्रो काम, देश र जनताको हितको लागि काम गर्ने ओलीलाई यस्तो आरोप लगाउने ? देशको हितको लागि काम गर्दा देश बिगारेको हुन्छ भने बिगारेकै हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !