४ जेष्ठ २०८१, शुक्रबार

२ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्दै


2-number-pradeshsava

२१ माघ, जनकपुर । २ नम्बर प्रदेशको पहिलो प्रदेशसभाको बैठक आज विहान ११ बजे बस्दैछ । जनकपुर स्थित शैक्षिक तालिम केन्द्रमा व्यवस्था गरिएको बैठक स्थलमा सुरक्षा व्यवस्था दुरुस्त गरिएको प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईंले जनाए ।

प्रदेश सभाको बैठकको तयारीमा जुटेका शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, जनकपुरका इन्जिनियर महेश साहले सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको जसमध्ये १०७ प्रदेश सभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !