२१ बैशाख २०८१, शुक्रबार

नैतिकतामा च्युत भएका ओली जस्तो शासकबाट सचेत नागरिक शासित हुनुहुँदैन : नेतृ रामकुमारी झाक्री


रामकुमारी झाक्री File Photo

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहकी नेतृ रामकुमारी झाक्रीले कानून, विधि र विधान भन्दा राजनीतिमा नैतिकता ठुलो हुने बताएकी छिन् ।

नेतृ झाक्रीले जब शासक नैतिक रूपमा पतन हुन्छ, तब एक प्रकारको स्वेत फासिजम सुरू हुन सक्ने बताएकी छिन् ।

सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै नेतृ झाक्रीले नैतिकतामा च्युत भएको शासकबाट सचेत नागरीक शासित हुन नहुने बताएकी छिन् ।

नेतृ झाक्रीले लेखेकी छिन्, ‘कानून, विधि र विधान भन्दा राजनीतिमा नैतिकता ठुलो हुन्छ। जब शासक नैतिक रूपमा पतन हुन्छ तब एक प्रकारको स्वेत फासिजम सुरू हुनसक्छ। नैतिकतामा च्युत भएको शासकबाट सचेत नागरीक शासित हुनुहुदैन।’

यो पनि पढ्नुहोस्

ओली जस्तो आतंककारीहरुको दिन सकियो, यो जनताको जित हो : रामकुमारी झाक्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !