१९ बैशाख २०८१, बुधबार

प्रचण्ड-नेपाल समूहद्वारा गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय अस्वीकार, अब के होला ?


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी भएको भन्दै त्यसलाई अस्वीकार गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज सोमबार बिहान बसेको सचिवालय बैठकले सचेतक गुरुङलाई हटाउने निर्णयप्रति आपत्ति जनाएको बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापना भएपछि देव गुरुङलाई प्रमुख सचेतकबाट हटाई ओली समूहका संसद विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरिएको थियो ।

पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न भोलि फागुन १८ गते मंगलबार स्थायी कमिटी बैठक र पर्सि १८ गते बुधबार दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बोलाउने पनि निर्णय गरेको छ । त्यसैगरी बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरूले गरेको दाबीका आधारमा छिट्टै निर्णय गर्नको लागि निर्वाचन आयोगलाई अनुरोध गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसअघि ७ फागुनमा पनि स्थायी कमिटी र केन्द्रीय कमिटीको अनौपचारिक बैठक बसेको थियो । यो समूहका नेताहरु नयाँ सरकार निर्माण र निर्वाचन आयोगमा पार्टी वैधानिकता दावीमा जोड दिदै आई रहेका छन् ।

योसँगै फागुन २३ गते संसद बैठक बस्नुअघिसम्म नेकपा भित्रको चरम विवाद संसदीय दलतर्फ केन्द्रित हुने देखिएको छ । नेकपाको प्रचण्ड-नेपाल समूहले यसअघि नै संसदीय दलको नेतावाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बनाइसकेको छ ।

यता ओली समूहको नेकपाको संसदीय दलको नेता प्रधानमन्त्री ओली पहिलादेखि नै यथावत छन् । पहिलादेखि नै संसदीय दलको उपनेता रहेका सुवासचन्द्र नेम्वाङ ओली समूहमा छन् । तर धेरै संसदहरु आफ्नो पक्षमा भएको भनेर प्रचण्ड-नेपाल समूहले दावी गर्दै आएको छ ।

ओली समुह पनि आफ्नो पक्षमा संसद तान्न लागी परेको देखिन्छ । यसरी नेकपाका दुवै समुहको संसदीय दलमा पनि हुने देखिएको महाभारतको युद्धमा कसले जित्ला त्यो भने केहि समय कुर्नुपर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

ओलीले देव गुरूङलाई हटाए : प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !