२५ बैशाख २०८१, मंगलबार

सबैभन्दा धेरै बिचलित नेता शेरबहादुर : एक महिनामै तीनपटक समूह परिवर्तन, ओलीले के आश्वासन दिए ?


शेरबहादुर तामाङ

काठमाडौं । नेकपाका एक नेता शेरबहादुर तामाङ् पुर्व कानुनमन्त्री हुन्। उनी मन्त्री हुँदा नेपाली चेलीहरु बिदेशमा डाक्टर पढ्दा अन्यायमा परेको छ भन्ने जस्ता आदि अभिव्यक्तिले गर्दा राजीनामा दिएका थिए।

संसद विघटनपछि उनीसहित पत्नी उषाकला राईहित ओली समूहमै थिए तर केहि दिनपछि उनीहरु दुबैजना प्रचण्ड-नेपाल समूहमा सामेल भए। प्रचण्ड-नेपाल समूहमा सामेल भएको केहि दिनमै उनीहरु ओली समूहमा लागेका छन्।

ओली समूहमा लागेका तामाङ्ले ओली समूहमा छाडेर ठुलो गल्ती गरेको भन्दै अबको देशको लागि आवश्यक पर्ने व्यक्ति ओली रहेको बताए। ओली बाहेक अरु कसैले पनि देश बनाउन नसक्ने दावी गर्दै आफु ओली समूहमा फर्किएको दावी गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !