काठमाडौं । नेकपा ओली समूहका नेता प्रदीप ज्ञवालीले सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् । नेता प्रदीप ज्ञवालीले संसद पुनस्र्थापनापछि दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए ।
‘कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन ? कतै सांसद फेरि दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’ न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको भन्दै उने भने ।