१५ असार २०८१, शनिबार

संसद पुनर्स्थापनापछि पहिलोपटक प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, के होला निर्णय ?

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले गत फागुन ११ गते बदर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेपछि देखिएको राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक डाक्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

१३ दिनभित्र बैठक बस्नुपर्ने परमादेशसहित सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेकोले सो समय-सीमाभित्र प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने प्रधानमन्त्री ओलीलाई राजनीतिक दवाव छ । संसद बैठक कहिले बोलाउने भन्ने वारेमा मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हुनसक्ने आंकलन हर्न सकिन्छ ।

हिजो साँझ मात्र प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री ओली अचानक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका थिए । यद्यपि के के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । आजको बैठकले प्रतिनिधिसभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्न सक्ने संभावना रहेको छ ।

राजीनामा दिन चौतर्फी नैतिक र राजनीतिक दवाव बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा के आकस्मिक निर्णय गर्नसक्ने पनि अनुमान गर्न सकिन्छ । तर प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने मनस्थितिमा भएको बताउदै आएका छन् ।

यो पनि पढ्नुहोस्

राजीनामा दिन चौतर्फी दवाव बढिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न किन पुगे शितलनिवास ?

प्रदेश सरकार पनि पुनर्गठन हुने संकेत, यी मुख्यमन्त्रीहरुको पद खतरामा

प्रधानमन्त्री ओलीले चाल्न सक्ने भावी रणनीतिक कदमहरु

प्रधानमन्त्री ओली राजीनामा दिनेबारे परामर्शमा, देलान् त राजीनामा ?

प्रधानमन्त्री ओलीले किन बोलाए स्थायी कमिटी बैठक ?

सर्वोच्चको संसद पुनर्स्थापनाको आदेशपछि प्रधानमन्त्री ओलीका विकल्पहरु

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री ओली

संसद् पुनःस्थापना भए सांसद किनबेचको फोहरी खेल शुरु हुन्छ : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !