२२ बैशाख २०८१, शनिबार

प्रचण्ड-नेपाललाई भण्डारीको कटाक्ष : भिख माग्न हिड्ने प्रवृतिले कसरी पार्टीहरु बाँच्न सक्लान ?


चन्द्र भण्डारी, प्रचण्ड र माधव नेपाल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई अत्यधिक बहुमतलाई महिनामा अल्मलाएर भिख माग्न हिड्ने प्रवृतिले कसरी पार्टीहरु बाँच्न सक्लान ? भनेर कटाक्ष गरेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘अत्यधिक बहुमतलाई महिनामा अल्मलाएर भिख माग्न हिड्ने प्रवृतिले कसरी पार्टीहरु बाँच्न सक्लान ?’ आफ्नै नेपाली काँग्रेससँग नयाँ सरकार बनाउने बारेमा छलफल गरेका प्रचण्ड-नेपाललाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अत्यधिक बहुमत भएको आफ्नै पार्टी फुटाएर र सरकार ढलाउन नेपाली काँग्रेस र जसपासँग नयाँ सरकार बनाउने बारेमा तीव्र छलफलमा दौडेका प्रचण्ड र नेपाललाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । व्यक्तिगत स्वार्थ र सत्ताको शक्ति संघर्ष गर्दै आफ्नै पार्टीलाई फुटाएर देशको राजनीतिलाई अस्थिर बनाउनु ठिक होइन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !