१२ असार २०८१, बुधबार

सूर्य थापा भन्छन्, ‘प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो’


सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै भएको बताएका छन् ।

उनले प्रचण्ड र नेपालकाे नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य बराबर अर्थात् असम्भव भएको बताएका पनि छन् । उनले केहि समयअघि सामाजिक संजाल फेसबुकमा स्टाट्स लेख्दै याे गाेरू ब्याएर बिगाैती खान खाेजेजस्तै मात्र भएको बताएका छन् । साथै उनले कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं भनेर प्रचण्ड र नेपाललाई कटाक्ष पनि गरेका छन् ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ । यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं ।’

सूर्य थापा फेसबुक स्टाटस

प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नयाँ सरकार गठनका लागि अन्य पार्टीका शीर्ष नेताहरुसँग तीव्र भेटघाटमा गरिरहेका बेला थापाको यस्तो प्रतिक्रिया आएको हो ।

नेकपाको प्रचण्ड-नेपालले हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कुराकानीमा प्रचण्ड र नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव प्रस्ताव गरेको बुझिएको थियो ।

नेकपाका उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा पुनर्स्थापनापछि आज बिहीबार बिहानै ७ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका थिए । उनले प्रचण्डलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बिदा गर्न र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका थिए ।

यस्तै नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले सत्ता साझेदारीको विषयमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग छलफल गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रचण्ड र माधवकाे नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य : सूर्य थापा

बामदेवलाई प्रचण्डले भने, अहिले कै अवस्थामा ओलीसँग सहकार्य हुदैन’

वामदेवले प्रचण्डलाई भने, ‘ओलीको सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं’

वामदेवको फेरि सक्रियता तीव्र, किन बिहानै प्रचण्डलाई भेट्न पुगे खुमलटार ?

वामदेवले मागे प्रधानमन्त्री ओलीको तुरून्त राजीनामा

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड-माधवकाे प्रस्ताव, होलान् त देउवा ?

देउवासँग २० मिनेट कुराकानी गरेर फर्किए प्रचण्ड र नेपाल, के भयो छलफल ?

प्रचण्ड-माधवले देउवालाई भेट्दै, मिल्ला त यी तीन नेताको केमेष्ट्री ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !