२० बैशाख २०८१, बिहिबार

एमाले र माओवादीवीच केही दिनमै पार्टी एकता हुन्छ : प्रचण्ड


prachanda

१८ माघ, काभ्रे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनमा एमाले र माओवादीवीच एकता हुने बताएका छन् । बिहीबार काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले प्रतिकि्रयावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिदै केही दिनमै पार्टी एकता गर्ने बताएका हुन् ।

जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्न आयोजित गरेको कार्यक्रमलाई सम्बाधन गर्दै प्रचण्डले भने,’वाम एकता रोक्न प्रतिकि्रयावादीहरु सल्बलाएका छन्, हामी केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिन्छौं ।’ यसैवीच प्रचण्डले काभ्रेवासीलाई प्रदेश नं. ३ को राजधानी काभ्रेमै हुनसक्ने आश्वासन समेत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !