१३ बैशाख २०८१, बिहिबार

सरकारविरुद्ध झगडिया हुन् उपराष्ट्रपति र सभामुख : प्रधानमन्त्री ओली

उपराष्ट्रपति र सभामुखमाथि खनिए प्रधानमन्त्री


नन्द बहादुर पुन, केपी ओली र अग्नि सापकोटा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्द वहादुर पुन र सभामुख अग्नि सापकोटा सरकारविरुद्ध झगडियाको भएको भन्दै कडा आपत्ति जनाएका छन् । प्रदेश १ को राजधानी विराटनगरमा ओली समूहले आयोजना गरेको बृहत जनसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा फाल्गुन ५ गते बुधबार प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भएको बताएपछि उनीविरुद्ध पनि ओली खनिएका हुन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा मुद्धा हालेपछि ओली सापकोटासँग आक्रोशित भएका हुन् । आफू झगडिया नभएको बताउदै सभामुखले किर्ते सनाखत गरेर सरकारविरुद्ध मुद्दा लिएर सभामुख सर्वोच्च अदालत गएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख । उहाँले किर्ते सनाखत गर्नुभएको छ । सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।’

प्रधानमन्त्रीले उपराष्ट्रपति नन्दवहादुर पुनको पनि आलोचना गर्दै पुनले हालै संवैधानिक अंगका पदाधिकारी र प्रदेश नम्वर २ का नवनियुक्त प्रमुख राजेश झाको सपथग्रहण बहिस्कार गर्नुका साथै प्रतिनिधिसभा विघटनविरुद्ध भाषण गरेकोमा ओलीले आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिडनुभएको छ । उहाँको पदले त्यसो गर्न दिन्छ ? हुन त उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको तर अब त चुनावको पक्षमा बोल्न सिक्नुस् ।’

ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको र अब प्रतिनिधिसभा पुनःस्थापना भएमा बहुमतको सरकार नहुने र किनेमेल खरिदविक्रीको राजनीति शुरु हुने भन्दै अदालतले यो कुरा बुझेर संविधान सम्मत फैसला गर्ने दावी गरे ।

प्रधानमन्त्रीले प्रचण्डले विगतमा वैद्य र डाक्टरको लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे । विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा. बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेकोमा ओलीले कटाक्ष गरेका हुन् ।

ओलीले २/४ सिटमा समित हुने प्रचण्डलाई आफूले सिङजुरो होलिदिएपछि अहंकारी बनेको बताउदै अब प्रचण्डको नियति असफलता बाहेक केही नहुने बताएका हुन् ।

यसरी नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा सम्माननीय जस्तो गरिमामय पदमा आसिन व्यक्तित्वहरुवीच आरोप-प्रत्यारोपको वर्षा हुने लज्जास्पद कुरा हो । साथै उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख वीच तिक्तता सिर्जना भएर वाणीको शीतयुद्ध हुनु देश र नागरिकको लागि शुभ संकेत होइन । यस्ता व्यक्तित्वले मर्यादाको ख्याल गर्नु जरुरी छ ।

यो पनि पढ्नुहोस्

बादलले प्रचण्डलाई दिए हिटलरका मन्त्री गोबेल्सको संज्ञा

प्रधानमन्त्री ओलीले आज महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ : नेता नेम्वाङ

विराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहका कार्यकर्ताद्वारा नाराबाजी

नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन : २ लाख जनता उतार्ने तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु