१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले आज महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ : नेता नेम्वाङ

सुवास नेम्वाङ भन्छन्, 'प्रधानमन्त्रीले आज केहि सूचना दिँदै हुनुहुन्छ'


केपी शर्मा ओली

विराटनगर । पूर्व सभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा भइरहेको बृहत जनसभा महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन् ।

शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताएका हुन् । नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइ सकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको बताए ।

एमिकस क्युरीले प्रतिनिधिसभा विघटनलाई वैधानिक भनिसकेको उनले दाबी गरे । प्रतिनिधिसभा बिघटनका बारेमा फागुन ११–१५ गते भित्रमा सर्वोच्च अदालतको फैसाला आउँने तर १५ गते भने नकट्ने नेता नेम्वाङले बताए ।

नेता नेम्बाङले भने, ‘प्रधानमन्त्रीज्यूको सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ-सुनाउ झै अनुहार थियो तर विमानस्थलमा भनिहाल्नुभएन,’ उनले भने, ‘यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ । कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छ झै लागेको छ । के सूचना सुनाउनुहुन्छ भनेर पर्खिरहेको छु ।’

यो पनि पढ्नुहोस्

विराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहका कार्यकर्ताद्वारा नाराबाजी

नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन : २ लाख जनता उतार्ने तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु