११ बैशाख २०८१, मंगलबार

सरकारसँग वार्ता र संवादका लागि विप्लव समूह सकारात्मक (प्रेस विज्ञप्तिसहित)


विप्लव र केपी ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिवार एक प्रेस विज्ञप्ति जारी गरि सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

केहि समय अघिदेखि सरकार र विप्लव समूहका नेताबीच अनौपचारिक संवाद चलिरहेको थियो । प्रधानमन्त्री र गृहमन्त्रीले विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याउने बताइरहेका थिए ।

पूर्व सभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा भइरहेको बृहत जनसभा महत्त्वपूर्ण घोषणा गर्ने बताएका थिए ।

सरकारसँग वार्ता र संवादका लागि विप्लव समूह सकारात्मक (विज्ञप्तीसहित)

यो पनि पढ्नुहोस्

बादलले प्रचण्डलाई दिए हिटलरका मन्त्री गोबेल्सको संज्ञा

प्रधानमन्त्री ओलीले आज महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ : नेता नेम्वाङ

विराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहका कार्यकर्ताद्वारा नाराबाजी

नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन : २ लाख जनता उतार्ने तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !