२१ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहले आज टुँडिखेल वरिपरि मानव साङ्लो बनाउदै


प्रचण्ड-नेपाल समूह

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज फागुन ६ गते टुँडिखेल वरिपरि मानव साङ्लो बनाउदैछ । प्रधानमन्त्री ओलीलाई सांकेतिक रूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको प्रचण्ड-नेपाल समूहका एक नेताले जानकारी दिए ।

अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने वताइएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड- नेपाल समूह पुस ५ पछि आन्दोलित छ ।

नेकपाको उक्त समूहले गत माघ २८ गते काठमाडौंमा प्रदर्शन र जनसभा गरेको थियो । उक्त समूहका एक नेताका अनुसार प्रतिनिधि सभा विघटन सच्याउन थप आन्दोलन गर्न लागिएको हो । यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

जसअनुसार २०७७ फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम गर्ने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !