१८ बैशाख २०८१, मंगलबार

सडकमा जुत्ता पालिस गर्दै कांग्रेसका नेताहरु


polish

१६ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेताहरु मंगलबार नयाँ बानेश्वरमा जुत्ता पालिस गर्दै गरेका भेटिए । उनीहरु सडक पेटीमा आफ्नो जुत्ता होएइ बटुवाका जुत्ता पालिस गरिरहेका थिए ।

कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ मा कांग्रेसका नेताहरुले सडकमा बसेर जुत्ता पालिस गरेका हुन् । चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेताहरुले सडकमा बसेर बटुवाका जुत्ता पालिस गरेका थिए । राजनीतिक शुद्धिकरण अभियानको लागि सांकेतिकरुपमा जुता पालिस गरिएको उनीहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !