२४ बैशाख २०८१, सोमबार

ओली पक्राउ पर्ने दिन धेरै टाढा छैन, अब छिटै पक्राउ पर्छ : सुरेन्द्र पाण्डे


सुरेन्द्रप्रसाद पाण्डे फाइल फोटो

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले केपी शर्मा ओली पक्राउ पर्ने दिन पनि आउन सक्ने बताएका छन् । पाण्डेले नेता रामकुमारी झाँक्री गिरफ्तारीको प्रसंगमा यस्तो बताएका हुन् ।

नेकपाको फेसबुक लाइभमा नेता पाण्डेले नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउ र रिहाको विषयलाई लिएर ओली पक्राउ पर्ने दिन पनि टाढा नभएको बताए । पाण्डेले नेतृ झाँक्रीलाई बोलेकै कारण पक्राउ गरिएको भए पनि उनलाई थुनेर राख्ने तागत ओली सरकारसँग नरहेको बताए ।

‘रामकुमारीमाथि बोलेकै कारणले आक्रमण गर्ने कोसिस गरियो, जनताको तागतका कारण उहाँलाई थुनेर राख्ने अधिकार प्रहरी प्रशासन र ओली सरकारसँग थिएन,’ पाण्डेले भने, ‘संसद पुनर्स्थापना भयो भने उहाँ सांसद हो, कानुन बनाउने मान्छेलाई कानुन पढाउने ? घरबाट जसरी ल्याउनु भएको थियो त्यसै गरी लगेर छाड्नुपर्‍यो,’ उनले भने, ‘प्रधानमन्त्री ओलीलाई समात्नु भयो भने कसलाई जिम्मा लगाएर पठाउनुहुन्छ ?’ उनले म्यानमारको उदाहरण दिँदै ओली पक्राउ पर्ने दिन पनि घेरै टाढा नरहेको जिकिर गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !