२७ बैशाख २०८१, बिहिबार

चुडामणि शर्माविरुद्ध अर्को मुद्दा दायर


चुडामणि शर्मा

१५ माघ, काठमाण्डौ । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । कर फस्र्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा शर्माविरुद्ध अर्को मुद्दा दायर गरेको हो ।

झण्डै चार महिना लामो अनुसन्धानपछि शर्मामाथि अभियोगपत्र दायर गरिएको हो । अख्तियारले उनीविरुद्ध चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाा बिगो मागदाबी गरेको छ । अख्तियारले शर्माले गरेको खर्च सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ देखिएको जनाएको छ ।

अख्तियारसँगको बयानका क्रममा शर्माले आफू सँगको बचत रकम ३ करोड ६३ लाख ७२ हजार नौ सय ६१ रहेको देखाएका थिए । अख्तियारले शर्माको आम्दानी र खर्चबीचको अन्तरलाई अकुत मानेर मुद्दा दायर गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !